• Wed. May 14th, 2025

दार्जीलिङ हिल युनिभर्सिटी : अघि आयो गोजविमो
अन्य विद्यार्थी संगठन पनि बोलून् : गोजविमो

Byadmin

Oct 1, 2021

दार्जीलिङ हिल युनिभर्सिटी निर्माण हुनुपर्ने मागमा अघि आयो गोजविमो। सबै विद्यार्थी संगठनहरूलाई यसबारे आवाज उठाउनुपर्ने गोजविमोको भनाइ।

दार्जीलिङ महाविद्यालयको भर्ना विषय साथै दार्जीलिङ विश्वविद्यालयको विषयलाई लिएर बिहीबार गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले भीडियो जारी गरेको छ। विमो सदस्यहरूले गत २० सेप्टेम्बरको दिन दार्जीलिङ महाविद्यालयका प्राचार्यसित भेट गरी स्थानीय विद्यार्थीहरुलाई प्राथमिकता दिएर महाविद्यालयमा भर्ना गरिदिने माग राखेका थिए। उक्त विषयमाथि महाविद्यालयका प्राचार्यबाट सकारात्मक आश्वासन पाएपछि यसैको आधारमा महाविद्यालयमा भर्ना प्रक्रिया शुरू गरिएकोमा प्राचार्यप्रति आभार व्यक्त गरे। गोजविमोले २०१८ मा राज्य विधानसभाबाट पास भइसकेको हिल युनिभर्सिटीको बिषयमा बोल्दै राज्य बिधानसभाबाट सँगै पास भएको अलिपुरद्वार अनि त्योभन्दा पछि पास भएको कलकत्ताको कन्याश्री युनिभर्सिटी परिचालनमा आइसक्दा पनि दार्जीलिङ हिल युनिभर्सिटीको भने रिबन काटेर पनि कुराकन्थै हराएकोले यस बिषयमा राजनीतिलाई मात्र नहेरी सामाजिक बिषयमा पनि सोंच्दै यहाँका अन्य विद्यार्थी संगठनहरूले पनि आवाज उठाउनुपर्ने आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *