पर्यटनलाई फस्टाउन दार्जीलिङमा हुनेछ घूम फेस्टिबल 2021, आगामी 13 नोभेम्बरदेखि 5 दिसम्बरसम्म दार्जीलिङमा हुनेछ घूम फेस्टिबल। घूम फेस्टिबलका लागि लोगो भएको टी-शर्ट, थिम सङ, फेस्टिबलको प्रोमो भीडियोको गरियो लोकार्पण।
दार्जीलिङ पहाड़को पर्यटन उद्योगलाई अझ प्रगतिपथमा लैजान आगामी 13 नोभेम्बरदेखि 5 दिसम्बरसम्म दार्जीलिङमा घूम फेस्टिबल आयोजन गरिँदैछ। पूर्वोत्तर सीमान्त रेलवेको पक्षबाट यस उत्सवको आयोजना गरिँदैछ।
बुधवार एनजेपी –मा पूर्वोत्तर सीमान्त रेलवेका जेनरल म्यानेजर अंशुल गुप्ता अनि कटियार डिभिजनका डीआरएम एसके चौधरीको उपस्थितिमा उक्त आशयको जानकारी गराइयो।
यस अवसरमा घूम फेस्टिबलका लागि लोगो भएको टी-शर्ट, थिम सङ, फेस्टिबलको प्रोमो भीडियो पनि लोकार्पण गरियो। जनरल म्यानेजर गुप्ताको हातबाट लोगो, सङ अनि भीडियोको लोकार्पण गरियो।