• Thu. May 15th, 2025

दार्जीलिङमा सांसदको पुतला लिएर निस्कियो अभागोली

Byadmin

Sep 19, 2021

आइतवार फेरि दार्जीलिङ शहरमा सांसदको पुतला लिएर निस्कियो अभागोली। एक साता बित्दा पनि अहिलेसम्म उत्तर नआएको प्रतिवादमा पार्टीले आफ्नो कार्यक्रमलाई निरन्तरता दिएको एसपी शर्माको भनाइ।

अखिल भारतीय गोर्खालीग भारती तामङ गूटका महासिचव एसपी शर्मा अनि उपाध्यक्ष बिक्रमादि राईको नेतृत्वाधीन समूहले आइतबार तेस्रो हप्ता पनि सांसद राजु विष्टको पुतला लिएर शहरमा निस्कियो। महासिचव शर्माले विगतमा पनि यसरी नै आउँदा सांसदको घरमा विधायक निरज जिम्बा स्वयंले पार्टीद्वारा दिएको प्रश्नहरू स्वीकार गरी सांसदलाई जनाउने बताएका थिए तर आज एक सप्ताह बित्दा पनि उत्तर नआएकोले सांसद राजु विष्टप्रति कुनै जवाब नरहेको बुझिएको बताए। यसका साथै विधायकले उक्त दिन गृहमन्त्रीले जस्तो भने हामीले त्यस्तै भन्यौं भन्ने कुराले गृहमन्त्रीले ढाँटको राजनीति गरेको अनि पटक-पटक आश्वशन मात्र दिएको तर उक्त विषयमा कुनै ठोस कार्य भने नगरिएको बुझिएको शर्माले बताए। तिनले आगामी अक्टोबर महिनादेखि पार्टीको वृहत् कार्यक्रम हुने जहाँ सांसद अनि गृहमन्त्रीहरूले के आश्वाशन दिएका छन्, त्यसलाई नहेर्ने बताए। महासचिव शर्माले सेप्टेम्बर महिनासम्म प्रत्येक आइतबार पुतलाको कार्यक्रम जारी रहने अनि अक्टोबर महिनादेखि पीपीएस मान्दैनौं भन्दै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति कार्यक्रम लिएर पार्टी अघि बढ़्ने पनि बताए।
यसैबिच, पार्टी समूह सांसद विष्टको दार्जीलिङस्थित आवासमा पुग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *