• Mon. May 12th, 2025

दार्जीलिङको भानु भवनमा अधिवेशन सम्पन्न

Byadmin

Sep 11, 2021

राज्यस्तरीय चिया श्रमिकहरू न्यूनतम हाजीरा सम्बन्धी राज्यका 37 वटा ट्रेड युनियनलाई लिएर दार्जीलिङको भानु भवनमा अधिवेशन सम्पन्न। एउटै बैठकमा बोनस 20 प्रतिशतको दरले दिनुपर्ने अनि एकमुष्ठ रूपमा दिइनुपर्ने ट्रेड युनियनहरूको माग। मिनिमम वेजेस एड्भाइजरी कमिटीलाई लिएर जोइन्ट फोरमको माध्यमद्वारा राज्यस्तरीय चिया श्रमिकहरू न्यूनतम हाजीरा सम्बन्धी दार्जीलिङको भानु भवनमा एउटा अधिवेशन सम्पन्न भयो। यस अधिवेशनमा विशेषगरी राज्यका मोठ 37 वटा ट्रेड युनियनहरूले भाग लिए। अधिवेशनमा विशेषगरी बोनसमाथि पनि चर्चा भएको बताइयो। एउटै बैठकमा बोनस 20 प्रतिशतको दरले दिनुपर्ने अनि एकमुष्ठ रूपमा दिइनुपर्ने कुरामा ट्रेड युनियनहरूले प्रस्ताव ग्रहण गरिएको पनि जानकारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *