दशैं अर्थात् दुर्गापूजा छेकमा आम मानिसहरूलाई फेरि झट्का। घरेलु ग्यास सिलिन्डरको बढ़्यो मूल्य। 1 जनवरीदेखि अहिलेसम्म भइसकेको छ प्रतिसिलिन्डर 205 रुपियाँ महँगो। तेल कम्पनीहरूले हरेक महीना एलपीजी सिलिन्डरको मूल्यमाथि समीक्षा गर्दछन्। प्रत्येक राज्यमा ट्याक्स भिन्नाभिन्नै हुन्छन् भने यसैको हिसाबबाट एलपीजीको मूल्यमा अन्तर हुँदछ। देशका ओइल मार्केटिङ्ग कम्पनीहरूले 14.2 किलोग्रामको एलपीजी घरेलु ग्यास सिलिन्डरको मूल्यमा 15 रुपियाँ बढ़ोत्तरी गरिदिएका छन्। अर्कोतिर.19 किलोग्राम कमर्शियल ग्यास सिलिन्डरको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। एकदमै छोटो अवधिमा लगातार यो मूल्य वृद्धि चौथौपल्ट रहेको हो। गैरसब्सिडी सिलिन्डर 1 सेप्टेम्बरदेखि 25 रुपियाँ महँगो भएको थियो। सब्सिडीहीन एलपीजीको मूल्यमा नवीनतम वृद्धिसितै 1 जनवरीदेखि अहिलेसम्म प्रतिसिलिन्डर 205 रुपियाँ महँगो भइसेकेको छ। दिल्ली अनि मुम्बईमा 14.2 किलोग्राम गैर-सब्सिडी एलपीजी सिलिन्डरको 884 रुपियाँ 5 पैसादेखि वृद्धि भई 899 रुपियाँ 50 पैसा भइसकेको छ। पटनामा अहिले एलपीजी सिलिन्डरको निम्ति 1000 मा केवल दुइ रुपियाँ कम्ती भुक्तान गर्नु पर्नेछ। कलकत्तामा 926 रुपियाँ अनि चेन्नईमा 14.2 किलो एलपीजी सिलिन्डर 915 रुपियाँ 50 पैसामा प्राप्त हुनेछ।