• Mon. Feb 23rd, 2026

दक्षिण सिक्किमको खुन्द्रुके पहिरोले गऱ्यो ठुलो क्षयक्षति, वाहन बन्यो क्षतिग्रस्त, दुइ दाज्यु-भाई भए घाइते

Byadmin

Oct 10, 2021

दक्षिण सिक्किमको रंगीत नजिक खुन्द्रुके पहिरोले पुर्यायो ठुलो क्षयक्षति। पहिरोको कारण वाहन बन्यो क्षतिग्रस्त, दुइ दाज्यु-भाई भए घाइते।

पश्चिम सिक्किम योक्सम टासीडिङ बासीको निम्ति खुन्द्रुीके पहिरो गाडे घाँउ सहर बनेको छ । शुक्रबार राती परेको अबिरल वर्षाका कारण पश्चिम सिक्किम टासीडिङ गुम्पा निवासी उगेन थिन्ले भोटिया र तिनको दाजु दोर्जी भोटिया टासीडिङदेखि गान्तोक तर्फ गइरहेको समय खुन्द्रीके पह्रौको चपेटमा परेर सिकिस्त अवस्थामा अस्पताल पुर्याइएको छ। तिनीहरू गाडीमा यात्रा गरिरहेको समय माथीबाट झरेको पह्रौले उनीहरूको बोलेरो गाडी पुर्णरुपले क्षतिग्रस्त बन्न पुगेको थियो भने गाड़ी सवार उगेन थिन्ले भोटिया र तिनको दाजु दोर्जी भोटिया घाइते बनेका थिए । उल्लेखनीय छ, गत केही साता अघी टासीडिङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स यसै पहिरोको चपेटमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *