त्रिपक्षीय वार्ता सिक्किम-दार्जीलिङ एकीकरणमाथि हुने NSUO ले गऱ्यो शंका। NSUO चिफ कोडिनेटरले गोर्खाहरूको समस्या समाधान विषयमा सांसद राजु विष्टमाथि तेर्साए प्रश्नहरू।
एनएसयुओ चिफ कोडिनेटर देव कुमार प्रधानले आइतबार सिक्किममा पत्रकार सम्मेलन मार्फत 12 अक्टोबरमा सम्पन्न हुने वार्तालाई कटाक्ष गर्दै आपत्ती जनाएका छन्।तिनले 11 सेप्टेम्बर 2021 को दिन सिक्किमबाट भाजपाको विधायक लगायत संलग्न व्यक्तिहरूलाई दिल्लीको एउटा वकशपमा निमन्त्रण गरिएको कुरालाई अघाड़ी राख्दै सिक्किमबाट गएका विधायक टोलीसित गृहमन्त्रालयले सिक्किम दार्जीलिङ एकीकरण मुद्दामाथि कुरा राखेको विषयलाई पनि सार्वजनिक गरे। चिफ कोडिनेटर प्रधानले एकीकरणको मुद्दालाई 2016 देखि नै संगठनले विरोध गर्दै आइरहेको अनि सिक्किमे अनि दार्जीलिङ्गेवासीहरूको आँखा खोल्ने बताउदै यदि सिक्किम दार्जीलिङ एकीकरण भयो भने शक्ति घट्ने बताए।तिनले अहिलेको दार्जीलिङ जिल्ला अनि सिक्किम मिलाउँदा जनसंख्या घटेर जाने बताउदै पत्रमा उल्लेख गरेको गोर्खाहरूको समस्या लिम्बु र तामङको सिट आरक्षण रहेको बताए।देव कुमार प्रधानले भारत सरकारले पहिले देश हितको काम गर्ने गरेको अनि मात्र जनहितमा काम गर्ने गरेको बताउदै सिक्किम दार्जीलिङ एकीकरण गरे सम्पूर्ण पावर सोझै भारत सरकारको अधिनमा रहने भएको हुनाले यी दुवै कुरा देश हित र जन हित भएको बताए। तिनले केन्द्रको हरेक राजनीतिक दलहरू विशेष गरि दार्जीलिङ र सिक्कम एकीकरण गर्नुप्रति भारत सरकारले रूची राखेको बताउदै यस विषयलाई सिक्किमे अनि दार्जीलिङवासीले एक भएर पनि विरोध गरेन भने भोलीको दिनमा अस्तित्व नरहने बताए। तिनले दार्जीलिङका सांसद राजु विष्टलाई गोर्खाहरूको समस्या चैं के को हो ? स्थायी राजनीतिक समस्या समाधान गोर्खाल्यण्ड ,दार्जीलिङ-सिक्किम एकीकरण कि लेफ्ट आउट क्मुनिटीलाई सेड्युल ट्राइभ बनाउने हो भन्दै प्रश्न तेर्साएका छन्।