आउँदो महिनादेखि बेकार हुनेछ तीनवटा ब्याङ्कहरूको चेकबुक। ब्याङ्कको कार्य सम्बन्धी झट्ट ब्याङ्कसित सम्पर्क गर्नु उचित।
ब्याङ्क ग्राहकहरूको निम्ति महत्त्व सन्देशमूलक खबर। आउँदो महिना अर्थात् 1 अक्टोबरदेखि इलाहाबाद ब्याङ्क, ओरिएन्टल ब्याङ्क अफ् कमर्स (OBC) अनि यूनाइटेड ब्याङ्क अफ् इण्डिया (UBI) -का ग्राहकहरूको पुरानो चेकबुक अमान्य हुने भएको छ। यी ब्याङ्कका ग्राहकहरूले आफ्नो पुरानो चेकबुकको माध्यमद्वारा कुनै पनि प्रकारको पेमेन्ट गर्न असमर्थ बन्नेछन्। यसैले यी ब्याङ्कहरूका खाताधारक ग्राहकहरूले आफ्नो ब्याङ्क पुरानो चेकबुक परिवर्तन गर्नुपर्ने समय आएको छ।
वित्त मन्त्री निर्मला सीतारमणले 2019 -मा 10 वटा सरकारी ब्याङ्कहरूलाई चारवटा ब्याङ्कमा विलय गर्ने घोषणा गरेकी थिइन्। उक्त घोषणाको आधारमा विलय प्रक्रिया अप्रेल 2020 -मा शुरू भएको थियो। ब्याङ्कहरूको विलय भएपछि खाता धारकहरूको आईएफएससी (IFSC) अनि एमआईसीआर (MICR ) कोडमा परिवर्तन भएको कारण अक्टोबर 2021 देखि ब्याङ्किङ सिस्टममा पुरानो चेक अमान्य हुनेछ अनि उक्त चेकद्वारा कुनै लेनदेनको प्रकिया हुनेछैन। अधिक जानकारीको निम्ति ग्राहकहरूले ब्याङ्क शाखामा नयाँ चेकबुकको निम्ति आवेदन गर्न सक्नेछन्।