तकदा-टिस्टा भेल्ली समष्टिमा गऱ्यो गोरामुमोले पोस्टरिङ। विपक्षीहरू स्थायी राजनैतिक समाधान नहोस् भन्ने चाहेको गोरामुमोको भनाइ। गोरामुमो तकदाह-टिस्टा भेल्लीले समष्टिमा ब्यापक रुपमा पोस्टरिङ गर्दै गोरामुमो अध्यक्ष मन घिसिङमाथि प्राणघातक हमला गर्न खोजिएको साथै जीटीएले गोर्खाहरुको भाग्य निर्माण गर्न सक्दैन भनी प्रतिवाद जनायो। समष्टि अध्यक्ष सुदेश राईले 25 सेप्टेम्बर 2021-को राति पार्टी अध्यक्ष मन घिसिङमाथि जुन षड्यन्त्रपूर्वक प्राणघातक हमला गर्न खोजियो, त्यसलाई गोरामुमो तकदाह-टिस्टा भेल्ली कड़ा शब्दमा प्रतिवाद जनाउँदछ भन्दै प्रशासनले यस्तो कुतत्वहरुलाई चाँडोभन्दा चाँडो पक्राउ गरी सजाय दिनुपर्ने माग गरे। जब पहाडमा राम्रो हुने सम्भावना हुन्छ तब नै यस्तो षड्यन्त्र हुन्छ भन्दै तिनले विपक्षीहरूले स्थायी राजनैतिक समाधान नहोस् भन्ने चाहेको आरोप लगाए। दिल्लीमा त्रिपक्षीय वार्ताको निम्ति तयारी भइरहेको समय अध्यक्ष मन घिसिङमाथि यसरी प्राणघातक हमला गर्नखोज्नु भनेको ठूलो षड्यन्त्र हो भन्दै राईले विगतका दिनमा पनि छैटौं अनुसूची बिगार्नको निम्ति संस्थापक अध्यक्ष सुबास घिसिङमाथि प्राणघातक हमला भएको बताए।