top 5 news डुवर्सका पाँच मुख्य खबरहरू – कार-बाइक मुखामुखी : बाइक चालक गम्भीर घाइते। धरनीपुर चियाबारी एनएच 31 सी –मा भयो दुर्घटना। घाइते मालबजार सुपर स्पेसयलिटी अस्पतालमा उपचाराधीन। – स्वयंसेवी संस्था सावनको सराहनीय पहल। डुवर्सका विभिन्न संस्थालाई 30 वटा अक्सीजन कन्टेनर गऱ्यो प्रदान। नगरकट्टा खण्ड कार्यालयमा आयोजित एउटा कार्यक्रममा प्रदान गरियो अक्सीजन कन्टेनरहरू। – स्कुटी चालक युवकसहित दुइ नाबालिका आरोहीहरूद्वारा ट्राफिक पुलिस अनि पत्रकार अपमानित। मानिसहरूको लाग्यो भीड़, मौका छोपी कसे चम्पट। – पण्डित दीनदयाल उपाध्यायको जन्म जयन्तीको अवसरमा बीजेपी वीरपाड़ा 16 नम्बर मण्डलले बाँड़्यो वीरपाड़ा स्टेट जनरल अस्पतालका रोगीहरूलाई फल। यस अवसरमा उपस्थित थिए मदारीहाट विधायक मनोज तिग्गा। – लायन्स क्लब अफ माल शुभकामनाद्वारा रक्तदान शिविरको आयोजना। भारतीय सेवा समाजका सदस्यहरूले गरे रक्तदान। शहर स्वच्छ राख्न माल नगरपालिकालाई दिइयो पाँचवटा डस्टविन।