• Sat. May 10th, 2025

डुवर्सका चियाकमानमा भइरहेछ बोनस वितरण, मेचपाड़ा कमानमा 20 प्रतिशत बोनस वितरण

Byadmin

Sep 25, 2021

डुवर्सका चियाकमानमा एकपछि अर्को गर्दै भइरहेछ बोनस वितरण। मेचपाड़ा चियाबारीमा 20 प्रतिशत गरी वितरण गरियो बोनस। बोनस वितरणले कमानका श्रमिकहरूमा खुशी। 20 प्रतिशतको दरमा बोनस चुक्ति भए अनुरुप डुवर्सका विभिन्न चियाबारीहरुमा बोनस वितरणको क्रममा कालचिनी खण्डको मेचपाड़ा चियाबारीमा पनि 20 प्रतिशत गरेर बोनस वितरण गरियो। कमानको निज तथा स्थायी चिया श्रमिकहरुको बोनस रकम ब्याङ्क खातामा बिहीवार नै क्यासलेस भुक्तानको रुपमा पसेपछि शुक्रवार बिघा श्रमिकहरुको बोनस नगद रुपमा वितरण गरियो। बिघा श्रमिकहरु जसले विगत एक बर्षदेखि नियमित काम गर्दै आइरहेका थिए उनीहरूले प्रायः 6 देखि 7 हजारसम्म बोनस प्राप्त गरेको श्रमिक प्रतिनिधिहरुले जनाए। यसैबिच, स्थायी श्रमिकहरुको खातामा 10 देखि 12 हजार रुपियाँ बोनस पसेको स्थायी श्रमिकहरुले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *