• Wed. May 14th, 2025

ज्यानको भने कुनै क्षति नभएको जानकारी

Byadmin

Sep 29, 2021

लामाहट्टाका दुइ दाजुभाइको घर जलेर स्वाहा। आगो दन्किएको कारण सकिएन घरबाट सर-सामान निकाल्न। ज्यानको भने कुनै क्षति नभएको जानकारी। रंगली-रंगलीयट खण्ड अधीनस्थ लामाहट्टा ग्राम पञ्चायतको वार्ड नम्बर 15 -का स्थानीय निवासी दुइ दाज्यू-भाइ साङ्गे तामङ अनि दावा तामङको घर मंगलबार राति 8.30 बजी आगलागीको कारण जलेर खरानी बन्यो। अचानक लागेको आगो दन्किएर उग्र रूप लिएपछि गाउँलेहरूले थाहा पाए पनि आगोबाट उत्पन्न रापको कारण गाउँलेहरूले केही गर्न सकेनन्। घरमा भएका भोटर कार्ड, आधार कार्ड, जमिनको कागजात, व्यांक खाता लगायत सम्पूर्ण लुगा-फाटा, भाँड़ा-बर्तनहरू निकाल्न नसकिएको पीड़िता सीता तामङले बताइन्। प्राप्त जानकारी अनुसार आगलागीको सूचना सम्बन्धित निकाय एवं ग्राम पञ्चायतलाई दिइयो। पञ्चायत पक्षबाट स्थलगत भ्रमण आएको अनि यसको जानकारी खण्ड विकास कार्यालयलाई समेत दिइसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *