जीटीएको टेट परीक्षा गलत तरिकाले भएको अभियोगका साथ यसलाई खारेज गर्ने माग लिएर संगठनले भेट्यो जीटीए मुख्य सचिवलाई। विगत दुइ वर्षदेखि ग्रेट पे नै नपाएको दार्जीलिङ पहाड़का प्राथमिक पाठशालाका शिक्षक-शिक्षिकाहरूको गुनासो। दार्जीलिङ पहाड़का प्राथमिक पाठशालाका शिक्षक-शिक्षिकाहरुले विगत दुइ वर्षदेखि ग्रेट पे नै नपाएको गुनासो गरेका छन्। यसका साथै उनीहरुले 14 फरवरी 2021 को दिन भएको जीटीएको टेट परिक्षा गलत तरिकाले भएको बताउँदै यसलाई खारेज गर्ने माग लिएर गोर्खा प्राथमिक शिक्षक संगठनले जीटीएका मुख्य सचिवसित भेट गरेको छ। संगठनका अध्यक्ष सत्यम गिरीले यसको जानकारी गराउँदै जीटीए टेट परिक्षा गराउँदा एनसीटी-का नियमहरु पालन नगरिएको आरोप लगाएका छन्। यसरी नै दार्जीलिङ पहाड़का प्राथमिक पाठशालाहरुका शिक्षक-शिक्षिकाहरुले भोग्न परिरहेका विविध समस्या समाधानका लागि पनि जीपीटीओले मुख्य सचिवसित वार्तालाप गरेको संगठनका अध्यक्ष सत्यम गिरीले बताए।