• Sat. May 10th, 2025

जिल्ला परिषद्को ब्राण्ड एम्बसेडर बनिन् गीतिका, नगरकट्टामा गीतिकालाई जनाइयो सम्वर्द्धना,

Byadmin

Sep 24, 2021

जिल्ला परिषद्को ब्राण्ड एम्बसेडर बनिन् गीतिका। नगरकट्टा खण्ड विकास कार्यालयमा गीतिकालाई जनाइयो सम्वर्द्धना। 26 सेप्टेम्बरको दिन गीतिका पढ़ाईका लागि जाँदैछिन् लण्डन। गीतिका एक्कालाई नगरकट्टा ब्लकको पक्षबाट सम्वर्द्धना जनाइयो। शुक्रवार नगरकट्टा खण्ड विकास कार्यालयको सभागृहमा गीतिका एक्कालाई सम्वर्द्धना जनाइएको हो। उल्लेखनीय छ, नगरकट्टाको भगतपुर चियाकमानकी मेधावी छात्रा गीतिका एक्कालाई गत बुधवारको दिन जलपाइगढ़ी जिल्ला परिषद्ले डुवर्सको चियाकमान इलाकामा शिक्षा प्रसारको निम्ति ब्राण्ड एम्बसेडर बनाउँदै परिषद्को तर्फबाट सम्मानित गरिएको थियो। गीतिकाको सोही उपलब्धिका लागि उनलाई फूलको गुच्छा, खदा लगाएर नगरकट्टा खण्ड कार्यालयमा सम्मान जनाइयो। गीतिकासितै उनका पिता गणेश एक्का और उनकी माता कमला एक्कालाई पनि सम्मान जनाइयो। यस कार्यक्रममा खण्ड विकास अधिकारी विपुल कुमार मण्डल, पञ्चायत समिति सभापति फिरोजी नूर पटवारी, संयुक्त खण्ड विकास अधिकारी देनुका राई, समाजसेवी सञ्जय कुजूर, सुरेश उराँव, असिताब बोस एवं अन्यहरू उपस्थित थिए। स्मरण रहोस्, आउँदो 26 सेप्टेम्बरको दिन गीतिका पढ़ाईका लागि लण्डन जाँदैछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *