• Mon. Feb 23rd, 2026

जयपुर चियाकमानबाट महिलाको शव उद्धार

Byadmin

Oct 8, 2021

जयपुर चियाकमानबाट महिलाको शव उद्धार। अहिलेसम्म पुष्टि हुनसकेको छैन मृत महिलाको परिचय। महिलाको मृत्यु कसरी भयो, यसबारे जाँच शुरू गरिसकेको पुलिसले दियो जानकारी। जलपाइगढ़ी संलग्न सदर ब्लकको जयपुर चियाकमानबाट आज शुक्रवार बिहान एउटी महिलाको शव उद्धार हुँदा क्षेत्रमा सनसनी फैलियो। मृत महिलाको परिचय अहिलेसम्म पाउन सकिएको छैन। स्थानीय मानिसहरूको भनाइ अनुसार चियाकमानमा काम गर्ने श्रमिकहरू जब चियापत्ती टिप्न कमानमा पुगे तब उनीहरूले खुनले लतपत भएको महिलाको शव देखे। यसपछि तत्कालै जलपाइगढ़ी कोतवाली थानालाई यसको जानकारी दिइयो। सूचना पाउनासाथ पुलिस घटनास्थलमा पुगी शवलाई उद्धार गर्दै पोस्टमोर्टमको निम्ति पठाउने काम गऱ्यो। उक्त महिलाको मृत्यु कसरी भयो, यसबारे पुलिसले जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *