• Sat. May 10th, 2025

जम्मू-कश्मीरको शोपियामा तीनजना आंतकवादी मारिए

Byadmin

Oct 12, 2021

जम्मू-कश्मीरको शोपियामा सुरक्षाबलहरूले मारे तीनजना आंतकवादी। हतियार अनि गोला बारूद बरामद। पुँछ जिल्लामा सुरक्षाबल अनि आंतकवादीबिचको भिड़न्तमा एकजना भारतीय सेनाको जूनियर कमिशन्ड अफिसर अनि चारजना जवान भए शहीद। जम्मू-कश्मीरको शोपियामा सुरक्षाबलले तीनजना आतंकवादीलाई मार्न सफल बन्यो। मारिएका आतंकवादीहरूबाट हतियार अनि गोला बारूद फेला परेको छ। आईजीपी कश्मीर विजय कुमार अनुसार मारिएका आतंकवादीहरूमा एकजनालाई गन्देरवाल निवासी मुख्तार शाहको रुपमा चिन्हित गरिएको छ। दुइजना आतंकवादीहरूको पनि जाँच अभियान चलिरहेको जनाइएको छ। सुरक्षाबलले आतंकवादीलाई आत्मसमर्पण गर्ने अपील गरेको थियो तर सरेन्डरको अपीललाई नकार्दै फाइरिङ गर्दा सुरक्षाबलको जवाबी कार्वाहीमा आतंकवादीहरु मारिएका हुन्। अर्कोतिर, पुँछ जिल्लामा सुरक्षाबल अनि आंतकवादीबिचको भिड़न्तमा एकजना भारतीय सेनाको जूनियर कमिशन्ड अफिसर अनि चारजना जवान शहीद भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *