• Sat. May 10th, 2025

जबला एक्सन रिसर्च अर्गनाइजेशनको पहल, भातखावा चियाबारीमा अन्तर्राष्ट्रिय बालिका दिवस पालन

Byadmin

Oct 12, 2021

जबला एक्सन रिसर्च अर्गनाइजेशनको आयोजनामा कालचिनी खण्डको भातखावा चियाबारीको बड़ालाईन मैदानमा अन्तर्राष्ट्रिय बालिका दिवस पालन। अर्गनाइजेशनका प्रशिक्षित बालिकाहरुद्वारा गरियो बाल शोषण, बाल विवाह, बाल एवम् अन्यान्य विषयहरुमाथि सुन्दर गीति नाटक प्रस्तुत।

आज सोमवार इन्टरनेशनल गर्ल्स चाइल्ड डे अर्थात् अन्तर्राष्ट्रिय बालिका दिवसको उपलक्ष्यमा जबला एक्सन रिसर्च अर्गनाइजेशनको आयोजनामा कालचिनी खण्डको भातखावा चियाबारीको बड़ालाईन मैदानमा बालिका सचेतना कार्यक्रम सम्पन्न भयो।
यस अवसरमा कालचिनी बीडीओ स्टाफ लगायत कालचिनी थानाका प्रतिनिधि एवम् गाउँका स्थानीय गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा जबला एक्सन रिसर्च अर्गनाइजेशनका प्रशिक्षित बालिकाहरुले बाल शोषण, बाल विवाह, बाल एवम् अन्यान्य विषयहरुमाथि सुन्दर गीति नाटक प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *