• Mon. May 12th, 2025

चिया श्रमिकहरूको निम्ति आफूहरू पछि नहट्ने – PRATAB KHATI

Byadmin

Oct 25, 2021

गोर्खा लीग नेता प्रताप खाती अनि बन्दना राईले गरे लिङगिया बिचाबगानमा सचेतना कार्यक्रम। कार्यक्रम मार्फत गरे किस्ता-किस्ता बोनसमाथि प्रश्न। गोर्खा लीग नेता तथा अधिवक्ता प्रताप खाती अनि बन्दना राईले आइतबार दार्जीलिङको लिङगिया चियाबगानमा मिनिमम वोजेस एक्टलाई लिएर एक सचेतना कार्यक्रमको आयोजना गरे।उक्त कार्यक्रम मार्फत उनीहरूले चिया श्रमिकहरूलाई वितरण गरिने भनिएको किस्ता-किस्ता बोनस विषयमाथि पनि प्रश्न खड़ा गरे। बन्दना राईले आफू लिङगिया चियाबारीमा पार्टी पोलटिक्स गर्न नआएको बताउदै चिया श्रमिकहरूलाई सबैभन्दा पहिला आ-आफ्नो जमिन बचाउँने आह्वान गरिन् । उनले आफ्नो जमिन बचाउँन नसके राजनीति पनि शून्य भएर जाने बताइन्। यसैबिच गोर्खा लीग नेता प्रताप खातीले चिया श्रमिकहरूका हक र अधिकारको लागि आफूहरू जहाँ गएर बोल्न परेपनि पछि नहट्ने बताए। खातीले आफूहरू ढाटेर,चोरेर खाने मान्छे नरहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *