• Tue. May 13th, 2025

गोर्खा जातिको समस्या समाधान हेतु 12 अक्टोबरमा बैठक

Byadmin

Oct 5, 2021

गोर्खा जातिको समस्या समाधान विषय लिएर हुने 12 अक्टोबरमा बैठक । दार्जीलिङका सांसद लिएर पहाड़ तराई अनि डुवर्सका निर्वाचित गोर्खा जनप्रतिनिधिहरूलाई केन्द्र सरकारले गऱ्यो पत्रचार। गोर्खा जातिको समस्या समाधान विषय लिएर आगामी 12 अक्टोबर दिल्लीमा केन्द्रीय गृह मन्त्री अमित शाहले एक बैठक गर्ने घोषणा गरेको सूत्र अनुसार जानकारी पाइएको छ।उक्त बैठकको निम्ति दार्जीलिङका सांसद लिएर पहाड़ तराई अनि डुवर्सका निर्वाचित गोर्खा जनप्रतिनिधिहरूलाई केन्द्र सरकारले पत्रचार गर्न थालिएको छ। आगामी 12 अक्टोबर साझँ 4 बजे दिल्लीको नर्थ बल्कमा केन्द्रीय गृहमन्त्रीको अध्यक्षतामा सम्पन्न हुने उक्त बैठकमा गोर्खा जातिको समस्या समाधानको विषय लिएर नै चर्चा गरिने भएको पत्रमा उल्लेख गरिएको छ। उक्त सम्पन्न हुने बैठक विषेश दार्जीलिङका सांसद राजु विष्टको पहलमा नै हुने तय भएको जानकारी पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *