• Sat. May 10th, 2025

गोर्खालीग नेताहरू पुगे सांसद विष्टको घर,विधायक जिम्बाले गरे फूलमालाद्वारा स्वागत

Byadmin

Sep 12, 2021

भारतीय गोर्खालीग भारती समूहका महासचिव एसपी शर्मा अनि उपाध्यक्ष बिक्रमादि राईको नेतृत्वमा आइतवार फेरि एकपल्ट सांसद राजु विष्टको पुतलालाई लिएर शहर परिक्रममा गर्दै सांसदको घर अघि पुगे। सांसद राजु विष्टको घर आएका गोर्खालीगका नेता एसपी शर्माहरूलाई दार्जीलिङका विधायक निरज जिम्बाले सयपत्री फूलको माला लगाइदिँदै यसलाई कुकुर तिहार नसम्झिदिने बताए। यसका साथै विधायक जिम्बाले एसपी शर्माहरुलाई सांसदको घरभित्र पसेर कुरा गर्ने अपील पनि गरे तर लीगका नेताहरूले मीडियाकर्मीहरुलाई पनि साथमा लिएर घरभित्र प्रवेश गर्ने अड़ानमा बसे। जसको कारण सांसदको घरबाहिर नै उभिएर विधायक निरज जिम्बा, गोरामुमो नेता सन्दीप लिम्बु अनि लीग नेताहरूमाझ लामो समयसम्म निकै तर्कातर्की भयो। यसैबिच, विधायक जिम्बाले अब पनि वार्ताको निम्ति पत्र नआएको खण्डमा मलाई नै गधाजस्तो माला लगाएर, गधामा चढ़ाएर चौरस्ताबिचमा आगो लगाइदिने पनि बताए। विधायक जिम्बाले यी कुरा आफ्नो पोल्टिकल बयान रहेको जनाउँदै जिम्बाले जे भनेको छ त्यो गरेको छ भनी बताए। दार्जीलिङ पहाड़मा यस्ता विभिन्न राजनैतिक परिवेश सिर्जना गरेर बंगाल सरकारले बाधा पुऱ्याएको आरोपसमेत जिम्बाले लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *