• Sun. May 11th, 2025

गोरामुमो अम्बोटे शाखाले भेट्यो मन घिसिङलाई, अहिले दिल्ली वार्तामा ध्यान केन्द्रित : घिसिङ

Byadmin

Sep 25, 2021

गोरामुमो अम्बोटे शाखा टोलीले भेट्यो दार्जीलिङमा पार्टी अध्यक्ष मन घिसिङलाई। पार्टी विस्तार एवं सांगठनिक गतिविधिमा गऱ्यो चर्चा। मन घिसिङको समष्टि भ्रमण जारी। अहिलेघरि दिल्लीमा हुने वार्ताको निम्ति आफू केन्द्रित रहेको मन घिसिङको भनाइ। गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत अम्बोटे चियाबारी शाखाबाट गोरामुमो केन्द्रिय समिति सदस्य श्रीमान पारस गुरूङको नेतृत्वमा पार्टी कार्यकर्ता प्रतिनिधि एवं कार्यकर्ताहरूले केन्द्रिय समिति कार्यालय दार्जीलिङमा पार्टी प्रमुख मन घिसिङसित भेट गरी सांगठनिक विषयहरूमाथि चर्चा गरे। यसैबिच, घिसिङले पनि पार्टी विस्तार एवं सांगठनिक गतिविधिमाथि जानकारी लिने काम गरे। आगामी दिनमा दिल्लीमा हुने वार्ताको निम्ति टोलीले अध्यक्ष मन घिसिङलाई अग्रिम शुभकामना पनि दियो। यस दिन गोरामुमो केन्द्रिय उपाध्यक्ष किशोर गुरूङ पनि उपस्थित थिए। । अर्कोतिर, अध्यक्ष घिसिङले रंगबुल-धोत्रे-रंगबुक समष्टि भ्रमण गरी समष्टिका प्रतिनिधिवर्गसित भेटघाट गरे। समष्टिका प्रतिनिधिहरूसँग तिनले बैठक पनि गरे। मन घिसिङले हामी केवल मुद्दामा केन्द्रित हुनपर्ने र अहिलेघरि दिल्लीमा हुने वार्ताको निम्ति आफू केन्द्रित रहेको बताए। गोरामुमोले केवल जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गरिरहेको पनि तिनले ठोकुवा गरे। जब मुद्दा फत्ते हुन्छ तब मात्र गोरामुमोले राजनीति गर्ने तिनले बताए। यसैगरी, अप्पर कलेज भेल्ली निवासी गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी सदस्य रबिन राईलाई भेट गर्दै तिनको स्वास्थ्यबारे घिसिङले जानकारी लिए। बिगत केही दिनदेखि रबिन राई बिरामी अवस्थामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *