गोरामुमो अध्यक्ष मन घिसिङमाथि प्राणघातक हमलाको सुनियोजित षड्यन्त्र रच्ने विरुद्ध दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरिएको थियो। तर वर्तमानसम्म कुनै कार्वाही नभएको भन्दै गोरामुमो पार्टीले बुधबार शहरमा व्यापक रुपमा ऱ्याली निकाल्दै पुन: सदर थानामा धरना दिँनुका साथ दोस्रोपल्ट उजुरी-पत्र बुझायो। उक्त अवसरमा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत 14 वटा समष्टिका पार्टी प्रतिनिधि तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।