• Sun. May 11th, 2025

गोरामुमोलाई फेरि अर्को झट्का, महेन्द्र छेत्रीले दिए पार्टीबाट राजीनामा

Byadmin

Sep 22, 2021

गोरामुमो पार्टीबाट राजीनामा दिने क्रम बढ्दो। पार्टीका शीर्ष नेता एवं प्रवक्ता महेन्द्र छेत्रीले पनि दिए पार्टीबाट राजीनामा। विज्ञप्ति जारी राजीनामाको दिए जानकारी।

गोरामुमोका शीर्ष नेता तथा प्रवक्ता महेन्द्र छेत्रीले एउटा प्रेस विज्ञप्ति जारी गर्दै गोरामुमो पार्टीसँगको आफ्नो यात्रा अन्त्य भएको उल्लेख बताएका छन्। तिनले उक्त विज्ञप्तिमा विभिन्न तप्कामा मिहिनेत गरिरहेका आफ्ना मिहनेती क्याडर अनि नेतृत्वलाई अनदेखा गरेर गोरामुमो अब केवल भारतीय जनता पार्टी अनि पार्टीभित्रका दिल्ली अनि कलकत्ताका नेताप्रति मात्र प्रतिबद्ध बनिरहेकोले आफू लगायत धेरैलाई केही समय अघिदेखि आभास भइरहेको तिनले जनाएका छन्। छेत्रीले आजको दिन पार्टी जुन रूपमा खडा छ, त्यसको निम्ति पार्टी क्याडर अनि नेतृत्वले अनेक खुन-पसिना बगाएको पनि विज्ञप्तिमा उल्लेख छ। पार्टी अध्यक्ष सिद्धान्तविहीन जस्तो बनेको अनि आफ्नो गूटलाई ध्यानमा राखेर अध्यक्षले गरेको काम अनि लिएको निर्णयले सबभन्दा धेर गोर्खा समुदायको निम्ति घातक बनेको तिनले विज्ञप्तिमा बताएका छन्। स्व. सुवास घिसिङप्रति आभारी रहेको तथा उनको वैध राजनैतिक विरासतलाई अगाडि लिएर जानुमा गोरामुमो पार्टी अहिलेघरि चुकेको उल्लेख गर्दै तर त्यसलाई आफूले अगाड़ि लिएर जाने वाचा छेत्रीले विज्ञप्तिमा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *