गाड़ीहरूमा हरनको सट्टामा बज्न स्कनेछ सम्भावना भारतीय संगीत । अनवाश्यक रुपमा हरन बजाउँदा मानव जातिलाई मात्र नभएर पशु-प्राणीलाई पनि हानिकारक प्रभाव परेको केन्द्रीय मन्त्रीको भनाइ।
आधुनिक समयको समस्याहरूलाई लिएर आधुनिक समाधानको आवश्यकता रहेको उदाहरण दिँदै केन्द्रीय मन्त्री नितिन गडकरीले ध्वनि प्रदूषणको मुद्दामाथि केही नौलो सोचेको छ। वास्तवमा, गडकरीले हालैमा भने अनुसार एउटा यस्तो कानून ल्याउने योजना बनाइरहेको जसको फलस्वरुप भविष्यमा केवल भारतीय संगीत वाद्ययन्त्रहरूद्वारा बनाएको ध्वनिहरूको प्रयोग वाहनहरूको हरनको रूपमा गर्न सकिने बताए।केन्द्रीय मन्त्री गडकरीले उक्त कुरो सोमवार नासिकमा एक सड़कको उद्घाटन कार्यक्रममा बताएका हुन् । तिनले ध्वनि प्रदूषण भारतीय शहरहरू अनि गाँउहरूमा चिन्ताको एउटा प्रमुख कारण रहेको अनि यसको अधिकांश भाग सड़कहरूमा वाहनहरूद्वारा निस्किएको बताए। तिनले केही मानिसहरू आफ्नो वाहनहरूमा अनावश्यक रुपमा हरण बजाउछन् जसको कारण केवल मानवजाति मात्र नभएर पशु-प्राणीहरू समेतलाई पनि हानिकारक रहेको बताए। एम्बुलेन्स अनि पुलिस वाहनहरूको सायरनलाई पनि बदलिनेमा विचार गरिएको केन्द्रीय मन्त्रीले बताए।