• Sat. May 10th, 2025

गङ्गुटिया चियाबारीमा टीएमसी-को कार्यक्रमसीबीटीसीएमयू-को गरियो गठन

Byadmin

Sep 12, 2021

गङ्गुटिया चियाबारीमा टीएमसी-को कार्यक्रम। सीबीटीसीएमयू-को गठन साथै भाजपाबाट तृणमूलमा सामेल हुनेहरूलाई झण्डा प्रदान गर्दै जनाइयो स्वागत। तृणमूल र आईएनटीटीयूसी अनुमोदित चियाबारी तृणमूल कङग्रेस मजदूर यूनियन (सीबीटीसीएमयू)-को यूनिट कमिटी गठन साथै भाजपाबाट तृणमूलमा आउनेहरुलाई स्वागत कार्यक्रम आज आइतवार कालचिनी खण्डको गङ्गुटिया चियाबारीमा सम्पन्न भयो। उक्त कार्यक्रममा सीबीटीसीएमयूको कालचिनी ब्लक कन्भेनर ओमदास लोहार लगायत छात्रा नेता हैदर अली अन्सारी, गारोपाड़ा ग्राम पञ्चायत प्रधान विन्दिया लामा, तृणमूल महिला कङ्ग्रेसको कालचिनी ब्लक सभापति मालती बाक्ला, रामकुमार लामा, तृणमूल गारोपाड़ा अञ्चल चेयरम्यान घुरन महली, अञ्चलको उपसभापति रञ्जित प्रधान, ट्रेड यूनियन नेता जोसेफ कुजूर, युवा नेता बान्टु चौधरी, विकास लामा, कर्ण नौबाग र वसन्त राईको प्रमुख उपस्थिति रहेको थियो। यसैबिच, तृणमूल समर्थित तथा आईएनटीटीयूसी अनुमोदित चियाबारी तृणमूल कङग्रेस मजदूर यूनियनको गङ्गुटिया यूनिटको गठन गरियो। यसका साथै भाजपा छोड़ेर आउनेहरुलाई तृणमूलको झण्डा प्रदान गर्दै स्वागत जनाइने काम भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *