• Mon. May 12th, 2025

गक्रायुमोद्वारा घूम, जोरबंगलो र सुकेमा पोस्टरिङ, त्रिपक्षीय वार्तामा ढिल्याइँमाथि गऱ्यो प्रश्न

Byadmin

Sep 16, 2021

गक्रायुमोद्वारा घूम, जोरबंगलो अनि सुकेमा पोस्टरिङ। डीजीएचसी, जीटीए घोटालामाथि उच्चस्तरीय जाँचको गऱ्यो माग। त्रिपक्षीय वार्तामा ढिल्याइँ किन भनी गऱ्यो प्रश्न।

बिहीवार दार्जीलिङ लगायत घूम, जोरबंगलो, सुकेमा गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाद्वारा पोस्टरिङ गरियो। वर्तमान दार्जीलिङ पहाडका समस्याहरूको उठान साथै विभिन्न प्रश्नहरू गर्दै गक्रायुमोले पोस्टर टाँस्ने काम गऱ्यो। पोस्टर टाँसेर आफ्नो भनाइ सार्वजनिक गर्दै जनसाधारणलाई सजग र सचेत रहने आह्वान पनि गक्रायुमोले गरेको छ। त्रिपक्षीय वार्तामा ढिल्याइँ किन, बंगालभित्रको व्यवस्था मान्दैनौं, डीजीएचसी-को फाइल के भयो, जीटीए-मा भ्रष्टाचारको गम्भीर आरोपमाथि उच्च स्तरीय जाँच हुनुपर्छ जस्ता प्रश्न अनि मागहरू पोस्टरमा उल्लेख छन्।
पोस्टरिङ कार्यक्रममा युवामोर्चा कन्भेशन संयोजक विरेन्द्र गिरी, केन्द्रीय सदस्य सुधन दाहाल, अर्पण राईसहित अन्यान्य सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *