• Sat. May 10th, 2025

केही दिनभित्रै वेतन हुनसक्ने बीडीओ-को भनाइ

Byadmin

Sep 29, 2021

भिलेज रिसोर्स पर्सन्स-द्वारा बीडीओ-लाई ज्ञापन। चार महीनादेखि वेतन नपाएको गुनासोसितै बाध्य भएर बीडीओ-लाई ज्ञापन चढ़ाउनु परेको भीआरपी सदस्यहरूको भनाइ। सम्बन्धित निकायसम्क्ष रिपोर्ट पठाइसकेको र केही दिनभित्रै भीआरपीहरूको वेतन हुनसक्ने बीडीओ-ले दिए जानकारी। स्वास्थ्य विभाग अन्तर्गत भिक्टर बोर्न डिजिज-माथि सचेतना कार्य गर्दै आइरहेको भीआरपी अर्थात् भिलेज रिसोर्स पर्सन्सहरूले काम गरेको 4 महीना बितिसक्दा पनि आजसम्म वेतन नपाएकोले वर्तमान डेङ्गु परिस्थितिलाई लिएर विभिन्न ग्राम पञ्चायत क्षेत्रमा सचेतना गर्न साह्रो परिरहेको र शीघ्र वेतन प्रदान गरियोस् भन्दै आज बुधवार कालचिनी खण्डका भीआरपीहरूले कालचिनी बीडीओ प्रशान्त बर्मनसमक्ष पुगेर एउटा ज्ञापन सुम्पिएको भीआरपी आकाश हरिजनले बताए। मूलतः भीआरपीहरूले स्वास्थ्य विभाग अन्तर्गत भिक्टर बोर्न डिजिज-माथि काम गर्दै आइरहेको र कोरोना महामारीको सङ्कटकालमा पनि जोखिम बहन गर्दै काम गरिरहेको जनाउँदै तर 4 महीना बितिसक्दा पनि भीआरपीहरूले वेतन नपाएको गुनासो पोखे। दुर्गा पूजा छेउमै आइसकेकोले पैसाको आवश्यकता परिरहेको समयमा रित्तो गोजीमा काम गर्न गाह्रो परिरहेको जनाउँदै बाध्य बनेर कालचिनी बीडीओसमक्ष बुधवार ज्ञापन सुम्पिनुपरेको आकाश हरिजनले बताए। वर्तमान वाहन किरायामा वृद्धि औ पेट्रोलको मूल्यले आकाश छोएको बेला मोटरबाइकमा तेल हाल्ने पैसासम्म नभएको, त्यसमाथि अहिले डेङ्गु रोकथामको निम्ति भीआरपीहरुलाई गाउँ-गाउँ पुगेर सचेतना गर्ने काममा लगाइकोले गाउँ पुगेर काम गर्नसक्ने अवस्था आफूहरूको नभएको बताउँछन् भीआरपी सदस्यहरू। यता, कालचिनी बीडीओ प्रशान्त बर्मनले यस सम्बन्धमा उच्च अधिकारीसमक्ष पहिलेबाटै रिपोर्ट पठाइसकेको जनाउँदै केही दिनभित्रै भीआरपीहरुको वेतन हुनसक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *