• Sat. May 10th, 2025

किसान संगठनले सोध्नेछ राजनीतिक दलहरुलाई प्रश्न

Byadmin

Sep 11, 2021

चण्डीगढ़मा आज किसानहरुको कचहरी। 32 वटा किसान संगठनले सोध्नेछ राजनीतिक दलहरुलाई प्रश्न। कृषि कानूनहरुलाई लिएर एकपल्ट पुन: पंजाबका 32 वटा किसान संगठनहरु एउटै मञ्चमा आएका छन्। सत्ताधारी दलहरुको विरोधमा किसान संगठनले शुक्रवार चण्डीगढ़मा कचहरी लगाइयो। यसमा राजनीतिक दलहरुको नेताहरुलाई किसान नेताहरुले प्रश्न गर्नेछन् ।उक्त कचहरीमा हरेक संगठनको एकजना किसान नेता शामिल हुनेछ। संयुक्त किसान मोर्चाका नेता कुलवन्त सन्धु, रुलदू सिंह मानसाले किसानहरुको कचहरीको घोषणा गरीसकेका छन्। हरियाणाको करनाल अनि पंजाबको मोगामा किसानहरुमाथि भएको लठ्ठीचार्जको विरोधमा किसान नेता सत्ताधारी दलसँग रुष्ट बनेको छ। किसान नेताहरुले घोषणा गरिसकेको छ कि ‘गल पंजाब दी’ अभियानको राज्य भरीमा विरोध गर्नेछ, त्यसपछि शिअदले 10 सेप्टेम्बरसम्म अभियानमाथि रोक लगाइ दिएका थिए। संयुक्त किसान मोर्चाको आह्वानमा पंजाबमा आन्दोलनलाई अझ अधिक मात्रामा जीवन्त राख्न पंजाबको 32 वटा किसान संगठनहरुले किसान कचहरीको आयोजन गरिएको हो। किसान नेताहरुले आयोजित कचहरीमा भारतीय जनता पार्टीलाई निमन्त्रणा गरेनन्। किसान नेताहरुले भाजपाको सहयोगी दलहरुलाई पनि कचहरीमा निमन्त्रणा नगरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *