कलाकारलाई सम्मान गर्न घरमै आइपुगे म्युजिक खरसाङ बगिनाका म्युजिक डाइरेक्टर रूपेश रसाइली। रमाइलो जोक्स कम्पिटिशन 2021 जितेर आफ्नो घर आइपुगेका हास्य कलाकार आम्बो अनिल राईलाई सम्मान जनाउन रसाइली पुगेका थिए गाड़ीधुरास्थित अनिलको घर।
विगत काठमाडौंबाट रमाइलो जोक्स कम्पिटिशन 2021 जितेर आफ्नो घर आइपुगेका हास्य कलाकार आम्बो अनिल राईलाई सम्मान जनाउन म्युजिक खरसाङ बगिनाका म्युजिक डाइरेक्टर रुपेश रसाइली बिहानै गाड़ीधुरास्थित अनिल राईको घरमै आइपुगे। रसाइलीले राईलाई भेटेर टोकन अफ् एप्रिसेशन प्रदान गर्दै खदा लगाई बधाई टक्राए।
एउटा कलाकारले त्यति टाढ़ा गएर हाम्रो भेक, जातिको नाम सम्मान राख्न सक्छ भने म यति 15 किलोमीटर आएर सम्मान गर्नु सक्दिनँ र भन्दै रसाइलीले हाम्रो कलाकारको सम्मान हामीले नै गर्नुपर्छ भने। भाइको संघर्ष समयदेखि नै चिनेको र उनको संघर्षको फल पाएकोमा आफूलाई पनि खुशी लागेको जनाउँदै अनिललाई शुभकामना व्यक्त गरे।