करनाल लघु सचिवालयमा किसान धरना समाप्तन। लठ्ठीचार्जको न्यानयिक जाँचको माग, एसडीएम आयुष सिन्हाठको भयो छुट्टी
करनालको लघु सचिवालयमा चलिरहेको किसानहरुको धरना तथा आन्दोलनको पाँचौं दिन समाप्त भयो।किसान नेताहरु अनि प्रशासनिक अधिकारीहरुबीच सम्पन्न भएको वार्ता सफल रह्यो भने दुवै पक्षले अघि आएर सहमति जनायो। किसान नेता गुरनाम सिंह अनुसार बैठक अघि संयुक्तर किसान मोर्चाको वरिष्ठे नेताहरुसित बातचीत भइसकेको थियो। सिंचाई विभागका अतिरिक्त मुख्य सचिव देवेन्द्र सिंह, डीसी निशान्त कुमार यादव अनि एसपी गंगाराम पूनियाको साथ किसान नेताहरुको वार्तालाप भयो। किसान नेताहरुमा मुक्यरुपमा गुरनाम सिंह चढ़ूनीले नेतृत्व गरेका थिए। किसान नेता जाट आन्दोलनकारीहरु रहेका धर्मशाला तर्फ प्रस्थान गरिसकेका छन् । यता, आइएएस आयुष सिन्हामाथि कार्वाही अनि जाँचको निम्ति लिएर शनिवार बिहान नौ बजी पुन: दुवैपक्षमा बातचीत शुरू भएको थियो।