कंग्रेस पार्टी कार्यालयबाहिर लगाइयो कन्हैया कुमारको पोस्टर। कन्हैया कुमार आज कंग्रेस पार्टीमा हुनेछन् सामेल। निर्दलीय विधायक जिग्नेश मेवानीले पनि समाउनेछन् कंग्रेसको हात।
जेएनयू छात्र संघका पूर्व अध्यक्ष अनि सीपीआई नेता कन्हैया कुमार अनि निर्दलीय विधायक जिग्नेश मेवानी मंगलवार कंग्रेस पार्टीमा सामेल हुँदैछन्। ज्योतिरादित्य सिन्धिया अनि जितिन प्रसाद जस्ता युवा नेताहरूले पार्टी छोड़ेर गएका थिए। यसै क्रममा यी दुइ नेता कन्हैया कुमार अनि जिग्नेश मेवानी पार्टीमा आगमन हुँदा कंग्रेस पार्टीलाई केही मनोबल बढ़्ने देखिन्छ। कंग्रेस पार्टी कार्यालयबाहिर पोस्टर लगाइएको छ, जहाँ राहुल गान्धीसित कन्हैया कुमारलाई देखाइएको छ।
चुनाउमा एकपछि अर्को गर्दै पराजयबिच कंग्रेस पार्टीले अब आफ्नो सांगठनिक गतिविधिहरूमा परिवर्तन गर्ने तयारीमा लागेको छ। कंग्रेस पार्टीको ध्यान आगामी विधानसभा चुनाउमाथि रहेको देखिन्छ। कंग्रेसले प्रत्येक राज्यमा महाअभियान चलाउने तयारीमा छ अनि यही कारण युवाहरूलाई पार्टीमा सामेल गर्ने कोशिष गरिरहेको छ। कन्हैया कुमार अनि जिग्नेश मेवाणी यस्ता प्रभावशाली युवा हुन् यसैले पार्टीले उनीहरूलाई आफ्नो साथमा लिएको बताइन्छ।