• Mon. Jun 30th, 2025

उप-चुनाउ : लोकसभा 3 अनि विधानसभा 30 सीटमा हुने
30 अक्टोबरमा मतदान, 2 नोभेम्बरमा परिणाम घोषित

Byadmin

Sep 28, 2021

उप-चुनाउको घोषणा : लोकसभाको तीन अनि विधानसभाको 30 सीटहरूमा 30 अक्टोबरमा मतदान। 2 नोभेम्बरमा मतगणना। पश्चिम बंगालको चारवटा निर्वाचन क्षेत्रमा हुनेछ उप-चुनाउ।

देशमा तीन संसदीय अनि 30 विधानसभा क्षेत्रहरूमा सम्पन्न हुने उप-चुनाउको निम्ति चुनाउ आयोगले आफ्नो कार्यक्रम जारी गरेको छ। उक्त सबै निर्वाचन क्षेत्रहरूमा 30 अक्टोबरको दिन उप-चुनाउ सम्पन्न हुनेछन्। केन्द्रशासित प्रदेश दादरा एवं नागर हवेली अनि दमन एवं दीप लगायत मध्यप्रदेश अनि हिमाचल प्रदेशको लोकसभा सीटमा उप-चुनाउ सम्पन्न हुनेछ। यसका साथै अलग-अलग राज्यहरूका 30 वटा विधानसभा सीटहरूमा पनि उप-चुनाउ गराइनेछ। यी सबै सीटहरूमा 30 अक्टोबर चुनाउ सम्पन्न भएपछि 2 नोभेम्बरमा मतगणना गराउने तय गरिएको छ। यसलाई लिएर चुनाव आयोगले आफ्नो तयारी शुरू गरिसकेको छ।
यता, पश्चिम बंगालमा चारवटा निर्वाचन क्षेत्रको सीटमाथि चुनाव गराइने,छ जसमा 7 दिनहाटा, 86 शान्तिपुर, 109 खरडाह अनि 127 गोसबा एससी रहेको छ। यी निर्वाचन क्षेत्रमा पनि 30 अक्टोबरमा चुनाउ सम्पन्न गराई 2 नोभेम्बरमा चुनावी परिणामको निर्णय सुनाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *