• Sat. May 10th, 2025

आरपीएफको 37औँ प्रतिष्ठा दिवस पालन, साइकल ऱ्यालीको आयोजनासितै गरियो वृक्षरोपण

Byadmin

Sep 21, 2021

आरपीएफको 37औँ प्रतिष्ठा दिवस पालन। अलिपुरद्वार जंक्सन रेलवे डिभिजनबाट राजाभातखावासम्म साइकल ऱ्यालीको गऱ्यो आयोजना।

रेलवे प्रोटेक्सन फोर्स अर्थात् आरपीएफ-को 37औँ प्रतिष्ठा दिवसको उपलक्ष्यमा मंगलबार अलिपुरद्वार जङ्क्सन रेलवे डिभिजनबाट राजाभातखावासम्म साइकल ऱ्यालीको आयोजना गरियो। साइकल ऱ्यालीको शुभोद्घाटन अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंहले गरेका थिए भने राजाभातखावा रेल स्टेशन परिसरमा पुगेर वृक्षरोपण कार्यक्रम गरे। उक्त अवसरमा डीआरएम दिलीप कुमार सिंह लगायत डिभिजनल सिक्योरिटी कमान्डेन्ट श्याम प्रशान्त जेआर एवम् आरपीएफका सहायक कमिश्नर दीपक कुमार चौधरी तथा अन्यान्यको उपस्थिति थियो।
सन् 1985 सालको 20 सेप्टेम्बरको दिनदेखि रेलवे प्रोटेक्सन फोर्सलाई ससस्त्र वाहिनीको मर्यादा प्रदान गरिएको थियो भने यसै दिनलाई आरपीएफले प्रतिष्ठा दिवसको रुपमा पालन गर्दै आईरहेको आरपीएफ सूत्रले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *