• Mon. Feb 23rd, 2026

आमा फाउण्डेशनको पहिलो वर्षगाँठ पालन, संस्थाको मूल उद्देश्य : महिला सशक्तिकरण

Byadmin

Sep 21, 2021

आमा फाउण्डेशनको पहिलो वर्षगाँठ विविध कार्यक्रमसितै पालन। संस्थाको मुख्य उद्देश्य समाजका गरिब महिलाहरूलाई शिक्षाप्रति जागरुक गराउनु रहेको संस्थाका प्रमुख डानियल छेत्रीको भनाइ।

आमा फाउन्डेशनको पहिलो वर्षगाँठ संस्थाका कर्णधार दानियल छेत्रीको निजी वासस्थानमा विविध कार्यक्रमका साथ पालन गरियो। आमा फाउन्डेसन दानियल छेत्रीले गत वर्ष आफ्नो स्वर्गीय आमा विमला छेत्रीलाई समर्पित गर्दै शुरू गरेका थिए। यस संस्थाको मुख्य उद्देश्य समाजका महिलाहरुलाई शिक्षाप्रति जागरूक गराउनु अनि महिला सशक्तिकरण रहेको छ।
आमा फाउन्डेसनको पहिलो वर्षगाँठमा आमा फाउन्डेसनका महिलाहरुले अत्यन्तै रोचक कार्यक्रम गर्दै समाजका महिलाहरुलाई शिक्षा अनि समाज निर्माणको निम्ति अघि आउने आह्वान गरे। यसैबिच, दानियल छेत्रीले आमा फाउन्डेसन आफ्नो एउटा ड्रिम प्रोजेक्ट रहेको र समाजका अशिक्षित महिलाहरुलाई शिक्षित बनाएर समाज निर्माणमा उनीहरुको सहभागी बनाउने उनले बताए। उनले महिलाहरुको निम्ति शिक्षा साथै समाजको निम्ति सकारात्मक सोचलाई लिएर नै यो संस्था स्थापना गरिएको बताए। जबसम्म घरकी आमा शिक्षित हुँदिनन् तबसम्म समाज पनि शिक्षित हुँदैन भन्दै आमा अनि महिलाहरु शिक्षित तथा जागरूक हुनु आवश्यक रहेको तिनले बताए। यही उद्देश्यलाई लिएर संस्थाले समाजका गरिब अनि निरक्षर महिलाहरुलाई निशुल्क शिक्षा दिने कार्य गरिरहेको तिनले बताए। यस कार्यको निम्ति स्कूलका शिक्षक अनि शिक्षिकाहरुले पनि सहयोग गरेको उनले बताए।
कार्यक्रममा अर्जुन छेत्री, मोहम्मद रेजा करीम, हाजी गुलजार, प्रकाश छेत्री, रुथ परियार, सुशील प्रधानसहित आमा फाउन्डेसनका सदस्यहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *