• Mon. Feb 23rd, 2026

आतंकवादी जाकिरलाई पाकिस्तानबाट आउँदथ्यो कल

Byadmin

Oct 6, 2021

ठूलो आक्रमण षड़्यन्त्रको भण्डाफोर। मुम्बईबाट पक्राउ गरिएको आतंकवादीलाई पाकिस्तानबाट आउँदथ्यो कल। ठूलो आक्रमणको ताकमा थियो जाकिर। गत 17 सेप्टेम्बरमा मुम्बईको जोगेश्वरी इलाकाबाट पक्राउ गरिएको जाकिर शेखको नेटवर्क पाकिस्तानसित रहेको बताइएको छ। मुम्बई एटीएसले खुलासा गरे अनुसार जाकिर शेखलाई सोझै पाकिस्तानबाट निर्देश दिइँदै थियो। भीड़भाड़ भएका ठाउँहरूमा अधिक आतंकी हमला गर्ने ताकमा जाकिर रहेको पनि जनाइएको छ। एटीएसले जाकिरमाथि यूएपीए अन्तर्गत मामिला दर्ता गरी कार्वाही शुरू गरेको छ। जाकिरका साथमा अन्य दुइ संदिग्धहरू रिजवान मोमिन अनि इरफान शेखलाई 11 अक्टोबरसम्म एटीएसले हिरासतमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *