• Mon. May 12th, 2025

आज लखीमपुर खीरी जाँदैछन् राहुल गान्धी

Byadmin

Oct 6, 2021

आज लखीमपुर खीरी जाँदैछन् राहुल गान्धी। खीरी जानअघि भाजपामाथि बर्सिए राहुल। खीरी काण्डका आरोपीमाथि अहिलेसम्म केही नगरिएको राहुलको भनाइ। कंग्रेस सांसद राहुल गान्धी आज बुधबार लखीमपुर खीरीमा किसानहरूसित भेटघाट गर्न निस्किने छन्। यसअघि तिनले एउटा पत्रकार सम्मेलन मार्फत् मोदी सरकारमाथि हमला गरे। प्रेस कन्फरेन्सको क्रममा राहुल गान्धीले भूमि अधिग्रहण किसानहरूमाथि पहिलो आक्रमण थियो भने कृषि कानून देशको किसानहरूमाथि दोस्रो आक्रमण रहेको बताए। विरोध गर्दै गरेका किसानहरूलाई जीपको मुनि कुल्चिइने काम भयो भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले लखीमपुर खीरीको घटनामाथि केही नबोलेको तिनले बताए। राहुल गान्धीले आरोपी मन्त्री अनि उनको छोरामाथि अहिलेसम्म कुनै कार्वाही नभएको पनि बताए। पीएम मोदीमाथि हमला बोल्दै राहुल गान्धीले हिजो मंगलवार प्रधानमन्त्री लखनऊमा नै थिए तर लखीमपुर खीरी गएनन् भनी बताए। ठीकसित पोस्टमर्टम गरिएको छैन आज आफूहरू दुइ मुख्यमन्त्रीहरूसित लखीमपुर खीरी गएर परिवारसित भेट्ने कोशिश गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *