• Sat. May 10th, 2025

अहिले पनि मरेको छैन मानवता र इमान्दारिता, सिभिक भोलिन्टियर र युवकको प्रशंसनीय कार्य

Byadmin

Sep 21, 2021

सिभिक भोलिन्टियर र शोभागञ्जका एकजना युवकले दिए इमानदारिताको परिचय। एटीएममा खसेको दश हजार रुपियाँ असली हकदारको हातमा परोस् भन्दै उनीहरूले ट्राफिक डीएसपीलाई सुम्पिए।

एटीएम काउन्टरभित्र झरेको 10 हजार रुपियाँ चुपचाप गोजीमा हाल्नुको साटो उक्त रुपियाँलाई असली हकदारको हातमा परोस् भन्दै अलिपुरद्वारका एकजना सिभिक भोलिन्टियर सञ्जय दास र शोभागञ्ज निवासी सुरज साहाले अलिपुरद्वार ट्राफिक डीएसपी तेञ्जिङ भोटियाको हातमा सुम्पिएर मानवता औ इमानदारिताको परिचय दिए।
प्राप्त जानकारी अनुसार अलिपुरद्वार ट्राफिकमा कर्मरत एकजना सिभिक भोलिन्टियर सञ्जय दास एटीएम काउन्टरमा पैसा निकाल्न जाँदा उक्त एटीएमबाट केही 500 का नोटहरु भुइँमा खसेको देखे अनि पछि सोही समय अर्का एकजना युवकले पनि पैसा निकाल्न जाँदा पैसा खसेको देखेपछि उक्त रुपियाँ दुवैजना मिलेरले अलिपुरद्वार ट्राफिक डीएसपी तेञ्जिङ भोटिया सुम्पिए। यी दुइ युवकको इमानदारिताको अलिपुरद्वार ट्राफिक डीएसपी र थाना आईसी अनिन्दया भट्टाचार्यले प्रशंसा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *