• Sun. May 11th, 2025

अविरल वर्षा : 9 नम्बर गाउँमा पुऱ्यायो क्षति

Byadmin

Oct 19, 2021

सोमवारदेखि परेको अविरल वर्षाले तकदा चियाबारीको 9 नम्बर गाउँलाई पुऱ्याएको छ क्षति। स्थानीय महिला सुदेशना छेत्रीको घरलाई वर्षाले ल्याएको भलले पुऱ्यायो क्षति। सबै पार्टी प्रतिनिधि लगायत सम्बन्धित निकायसमक्ष लगाइन् गुहार अनि गरिन सहयोगको बिन्ती। तकदा-ग्लेनबर्न समष्टि तकदा चियाबारी 9 नम्बर गाउँमा सोमवारदेखि परेको अभिरल वर्षाको कारण गाउँबिचको खोला गाउँभित्र पसेकोले राति 12 बजीदेखि गाउँलेहरू त्रसित बनेका छन्। सबै गाउँका वृद्ध-वृद्धाहरूदेखि लिएर युवाहरू सबै नै भल-कुलो आदि काट्दै गाउँघर बचाउन लागिपरेका छन्। स्थानीय महिला सुदेसना छेत्रीको घर वर्षाले ल्याएको भलले क्षति पुऱ्याएको छ। पीड़िता सुदेशनाले सबै पार्टीका प्रतिनिधि, डीएम, बीडीओ लगायत सम्बन्धित निकायसमक्ष गुहार लगाउँदै आफ्नो बिन्ती बिसाएकी छन्। आफ्नोसँगै 9 नम्बर गाउँलाई सबैले सहयोग पुऱ्याइदिने अनुरोधसमेत तिनले गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *