• Wed. May 14th, 2025

अविरल वर्षाले राष्ट्रिय राजमार्ग 55 बाधित, महानदीस्थित चिउरी भीरमा गयो पैह्रो, धस्किएर झऱ्यो राष्ट्रिय राजमार्ग 55 ,महानदी-तीनधारे-घैयाबारीबिच सम्पर्क विच्छिन्न

Byadmin

Oct 20, 2021

अविरल वर्षाको कारण पैह्रो गएर राष्ट्रिय राजमार्ग 55 बाधित बन्नपुगेको छ। खरसाङको महानदीस्थित चिउरी भीरमा गएको पैह्रोले एनएच 55 बन्द भएको छ। उक्त पैह्रो आज बिहान लगभग 3 बजेतिर गएको स्थानीयहरूले बताए। एनएच 55 अन्तर्गत उक्त सड़क केही समय अघिदेखि नै सानो चर्किएको अवस्थामा रहेको थियो भने दुइ दिनदेखि लगातार परिरहेको पानीको कारणले गर्दा सड़क पूरै पैह्रोले लगेको छ। पैह्रोले सड़क पूरै लगेपछि एनएच 55 बन्द भएको छ। बिहान 10 बजीतिर सम्बन्धित विभागका कर्मचारीहरू आएर पैह्रो नापजोख गर्दा 40 मिटर जति पैह्रो गएको बताइयो। पैह्रोले सड़कमुनि रहेका दुइवटा घरहरूमा ढुंगा पसेको जानकारी छ। यो पैह्रो गएर एनएच 55 बन्द भएपछि विशेष गरी महानदी अनि तीनधारे, घैयाबारी क्षेत्रलाई धेरै असुविधा हुनेभएको छ।
स्थानीय निवासी काजी छेत्री अनि स्थानीय एनएचका एकजना ठेकेदार निलम प्रधानले यसबारे के भने सुनौं –

Leave a Reply

Your email address will not be published. Required fields are marked *