अविरल वर्षाको कारण चर्कियो बालासन पुल
वाहनहरूको आवागमन गरियो पुलबाट पूर्णतया बन्द
वाहनहरूलाई गराइँदैछ नौकाघाट भएर आवागमन
घटनास्थलमा पुगे पुलिस कमिश्नर
प्रशासनको पक्षबाट पुललाई पूर्णतया गरियो बन्द
दुइ दिनदेखि लगातार वर्षाको कारण मतिगढ़ाको बालासन पुल चर्कियो। जसको कारण बालासन पुलबाट वाहनहरूको आवागमन पूर्णतया बन्द गरिएको छ। घटनास्थलमा पुलिस कमीश्नरसहित अन्य उच्च अधिकारीहरू पुगेका छन् साथै स्थितिको जायजा लिइरहेका छन्।
वर्तमान वाहनहरूलाई नौकाघाट रोडबाट आवागमन गराइँदैछ।