• Sun. May 11th, 2025

अभागोलीले निकाल्यो फेरि शहरमा विरोध ऱ्याली, सांसदको आवासमा प्रश्न गर्न पुग्यो अभागोली

Byadmin

Sep 30, 2021

तेस्रोचोटि अभागोलीले निकाल्यो दार्जीलिङ शहरमा विरोध ऱ्याली। सांसदको पुतलामा जुत्ताको मालासितै विरोध गऱ्यो विरोध ऱ्याली। सेप्टेम्बर महीना बित्यो, खोइ वार्ताको पत्र भन्दै सांसद राजु विष्टको आवासमा प्रश्न गर्न पुग्यो अभागोली। नेताले कसरी ढाँट्दैछन् यी सबै कुराहरूलाई लिएर चर्चा गर्न अब आफूहरू गाउँघरतिर लाग्ने एसपी शर्माको भनाइ। सांसद राजु बिष्टले त्रिपक्षीय वार्ताको पत्र सेप्टेम्बर महिनाभित्र आउँछ भन्ने गरेको दावी आज सेप्टेम्बरको अन्तिम तारीखसम्म त्रिपक्षीय वार्ताको पत्र नआएपछि अखिल भारतीय गोर्खा लीग भारती खेमाको तर्फबाट बिहीबार सांसद राजु बिष्टको पुत्लामा जुत्ताको माला लगाएर तेस्रोचोटि दार्जीलिङ शहरमा विरोध ऱ्याली प्रदर्शन गरियो। सेप्टेम्बरको अन्तिम दिनसम्म भारतको गृह मन्त्रालयको तर्फबाट त्रिपक्षीय वार्ताको पत्र नपठाइएको भन्दै भारती खेमाले केन्द्र सरकार अनि सांसद राजु बिष्टको घोर विरोध जनायो। बिहीबार विरोध प्रदर्शनमा सामेल बनेका अखिल भारतीय गोर्खा लीग भारती खेमाको महासचिव एसपी शर्माले आफूहरू पीपीएस र त्रिपक्षीय वार्तातर्फ ध्यान नराख्ने तर अब संसदीय सत्रहरूमा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति बील आउनुपर्ने त्यसमाथि माग गर्ने जनाउँदै गोर्खाल्याण्ड किन र कसरी भन्ने उनीहरूलाई तर्क र लजिक थाहा नभएको खण्डमा गोर्खालीगले सहयोग गर्न तयार रहेको पनि बताए। महासचिव शर्माले झूटको राजनीति धेरै भयो भन्दै गोर्खाल्याण्ड सत्याग्रह लिएर जनतासमक्ष जाने अनि सत्य कुरा के हो, आन्दोलनको सत्यता के हो, आन्दोलनपछिको सत्यता के छ अनि जनताले कुन-कुन कुराहरू बुझ्नु पर्दैछ, नेताले कसरी ढ़ाँट्दैछ यी सबै कुराहरूलाई लिएर चर्चा गर्नको निम्ति आफूहरू अब गाउँघरतिर लाग्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *