• Sat. May 10th, 2025

अफगानिस्तानमा तालिबान सरकार गठनको घोषणा

Byadmin

Sep 8, 2021

अफगानिस्तानमा तालिबान सरकार गठनको गरियो घोषणा।
आजबाट शुरू गरिने सरकारी कार्यप्रणालीहरु।

तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठनको घोषणा गरेको छ। अफगानिस्तानमा कार्यवाहक सरकार हुनेछ जस्को मुखिया मुल्ला मुहम्मद हसन अखुण्ड हुनेछन् ।नयाँ सरकारमा जम्मा 33 मन्त्रीहरुलाई स्थान दिईएको छ यद्यपि तालिबानको सरकारलाई कुनै महिलालाई स्थान दिईएको छैन। जबीहुल्लाह मुजाहिदले हिजो नयाँ अफगान सरकार अनि कैबिनेटको घोषणा गरेका हुन् । अफगानिस्तानको नयाँ सरकारले आज अर्थात बुधवार देखि कार्यभार सम्हाल्ने छन्। यसको लागि आज शपथ ग्रहण कार्यक्रम आयोजना गरिने समाचार माध्यमहरुले उल्लेख गरेको छ। नयाँ सरकारको मुखिया मुल्ला हसन वर्तमान समयमा तालिबानमा शक्तिशाली निर्णय लिने निकाय रहबरी शूरा अर्थात नेतृत्व परिषदको प्रमुख हुन् ।यो परिषदले सरकारी मन्त्रीमण्डल जस्तै कार्य गर्ने गर्दछ अनि समूहको सबै मामिलाहरु हेरविचार गर्दछ। बताइए अनुसार मुल्ला हिबतुल्लाहले आफै सरकारको नेतृत्व गर्नको लागि मुल्ला हसनको नाममा प्रस्ताव राखेका थिए।

https://youtu.be/GQKieRR5E-I

Leave a Reply

Your email address will not be published. Required fields are marked *