• Mon. Feb 23rd, 2026

अनितले उठाए पहाड़मा पञ्चायत चुनाउको माग
बोनस 20 प्रतिशतभन्दा बेसी दिनुपर्छ : अनित

Byadmin

Sep 15, 2021

रिम्बिक-लोधोमामा अनित थापा। अनितले उठाए पहाड़मा पञ्चायत चुनाउको माग। सरकारसमक्ष यसको माग गर्ने पोखे मन्तव्य।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा रिम्बिक-लोधोमा पुग्दा क्षेत्रवासीले तिनलाई भव्य स्वागत जनाए। यसैबिच, रिम्बिक-लोधोमा आयोजित एउटा सभालाई सम्बोधन गर्दै तिनले पहाड़मा पञ्चायत चुनाउ गराउन नितान्त आवश्यक रहेको मन्तव्य पोखे। दुइ स्तरीय होस् कि त्रिस्तरीय होस् तर पहाड़मा पञ्चायत चुनाउ हुन आवश्यक रहेको जनाउँदै यसका लागि सरकारसित तिनले माग गर्ने बताए।
हाम्रो पहाड़का चिया श्रमिकहरूको पूजा बोनस २० प्रतिशतभन्दा माथि दिएको हुनुपर्छ त्योभन्दा कम्ती हामीलाई स्वीकार्य हुनेछैन भनी अनित थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *