विकासदेखि वञ्चित अप्पर तामसाङ खासमल बस्ती पुगे अजय एडवर्ड। स्थानीय वासिन्दाको पूर्ण समर्थन अजय एडवर्डलाई रहने गाउँवासीको दावी। अजय एडवर्डको राजनैतिक यात्रामा धेरै युवाहरूको समर्थन रहेको दावी गर्दै अप्पर तामसाङ, खासमल निवासी राजेन छेत्रीले आफू धेरै पार्टीमा संलग्न रहेको तर अजय एडवर्डको सामाजिक गतिविधि अनि उनको राम्रो भिजनलाई मीडियामार्फत् हेरेर, देखेर नै उनको साथमा काम गर्ने इच्छा जागेको बताए। हामी सम्पूर्ण गाउँवासी नै अजय एडवर्डलाई साथ दिन चाहन्छौं, तिनले भने। आधा उमेर गइसक्दा पनि अन्य पार्टीबाट यहाँको अलिकति पनि उन्नति र विकास नभएको र जीर्ण अवस्थामा रहेको बाटो पनि आजसम्म नबनिएको जनाउँदै यहाँका सम्पूर्ण गाउँ नै अबोप्रान्त एडवर्डलाई सघाउने भएको तिनले बताए। गाउँ-गाउँ घुम्ने क्रममा अजय एडवर्ड आफ्ना सहकर्मी तथा सदस्यहरूका साथ अप्पर तामसाङ खासमल पुगेका थिए। जहाँ तिनलाई स्थानीय वासिन्दाहरूले भव्य स्वागत जनाए। यसैबिच, एडवर्डले त्यहाँको स्थानीय प्राथमिक समस्याहरू बुझ्ने प्रयास गरे अनि आफूले गर्नेसक्ने कार्यहरू र आफ्नो बुताले भ्याएसम्म सहयोग पुऱ्याउने गाउँवासीलाई आश्वासन दिए।