• Sun. May 11th, 2025

अग्नि पीड़ितहरूलाई अनित थापाको सहयोग, पीड़ित परिवारलाई १ लाख ५० हजार रूपियाँ प्रदान

Byadmin

Oct 20, 2021

लिंगिया चियाबारीको अग्निकाण्ड पीड़ितहरूलाई गरे अनित थापाले आर्थिक सहयोग। अग्नि पीड़ित परिवारलाई १ लाख ५० हजार रूपियाँको आर्थिक सहयोग प्रदान। पार्टीको प्रतिनिधि टोलीद्वारा प्रदान गरियो पीड़ितहरूलाई आर्थिक सहयोग।

लिंगिया चियाबारीमा ग्यास सिलिण्डर पड्किँदा दुइ परिवार घरबारविहीन बने। उमेश साम्पाङ अनि रमेश साम्पाङको घर पूर्णरूपले आगोले खरानी भएको थियो भने युकेस राईको घर आंशिक रूपमा क्षति भएको थियो।
घटनाको खबर पाएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले पार्टीको पक्षबाट उमेश साम्पाङलाई 80 हजार, रमेश साम्पाङलाई 50 हजार अनि युकेश राईलाई 20 हजार गरेर आर्थिक सहयोग प्रदान गरे। पार्टीको एउटा प्रतिनिधि टोलीले लिङ्गिया भट्टीधुरामा भएको अग्निकाण्डमा पीडित परिवारसित भेट गर्दै यस दुखको घड़ीमा पार्टी केन्द्रीय अध्यक्ष अनित थापाद्वारा दिइएको आर्थिक सहयोग हस्तान्तरण गर्ने काम गऱ्यो।
उक्त प्रतिनिधि टोलीमा समष्टि संयोजक सन्दीप छेत्री, पार्टी केन्द्रीय सदस्य सुजिन राई, महकुमा प्रवक्ता सुरज घड्कन, युवा मोर्चा महकुमा अध्यक्ष अरूण छेत्री, युमो समष्टि अध्यक्ष सर्जु छेत्री, कार्यकारी अध्यक्ष सुन्दर राई, नारी नेत्री सरस्वती गुरूङ आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *